दीपक कुमार रौतहट | २४ बैशाख २०८३, बिहीबार रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालय रौतहट को सहकार्यमा पासपोर्ट वितरण प्रणालीलाई थप सहज बनाउँदै अब सेवाग्राहीले घरमै पासपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको छ। विगतमा पासपोर्ट लिन जिल्ला प्रशासन कार्यालयमै पुग्नुपर्ने बाध्यता हटाउँदै नयाँ प्रणालीमार्फत सेवाग्राहीले पासपोर्ट कार्यालयबाट बुझ्ने वा हुलाकमार्फत […]
मधेश भूमि रौतहट, २५ चैत २०८२ गौर नगरपालिकामा कार्यरत एक लेखा अधिकृत विगत चार वर्षदेखि जिम्मेवारीविहीन अवस्थामा बस्न बाध्य भएका छन्। लेखा अधिकृत (सातौँ तह) सोहन कुमार यादवले आफूलाई लामो समयदेखि कुनै काम नदिई उपेक्षा गरिएको गुनासो गरेका हुन्। उनका अनुसार स्वीकृत दरबन्दीअनुसार स्थानीय प्रशासन सेवा, लेखा समूहअन्तर्गत सातौँ तहमा पदस्थापन भई वरिष्ठ कर्मचारीका रूपमा […]
दीपक कुमार / रौतहट २०८२ चैत २० गते रौतहटको गौरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा बिचौलियाको चलखेल नियन्त्रण गर्न प्रहरीले कडाइ थालेको छ। सोही क्रममा आज गरिएको निगरानीका क्रममा चार जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारले मालपोतजस्ता संवेदनशील कार्यालयहरूमा बिचौलियाको प्रवेश निषेध गर्ने स्पष्ट निर्देशन जारी गरेपछि प्रहरी टोली कार्यालयमै पुगेको थियो। अनुगमनकै क्रममा […]
रौतहट — चन्द्रपुर नगरपालिका अन्तर्गत चन्द्रनिगाहपुरस्थित मालपोत कार्यालय पुनः विवादमा तानिएको छ। सेवाग्राहीलाई अनावश्यक दुःख दिने, बहाना बनाउँदै काम रोकेर राख्ने र अन्ततः घुस माग्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै गम्भीर गुनासोहरू बाहिर आएका छन्। स्थानीय सेवाग्राहीहरूको आरोप अनुसार, कार्यालयका नायब सुब्बा रामगिर मुखियाले खुलेआम “पैसा दिए काम हुने, नदिए कामै नहुने” शैली अपनाउँदै आएका छन्। […]
रौतहट / रौतहटको सीमावर्तीको विभिन्न चोर नाकाहरूबाट ठूलो परिमाणमा कृषिजन्य र खदान्नका सामग्री तथा अन्य सामान भारत र नेपालमा तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार भारतीय बजार बाट काजु ,मिठा,मटर,चिनी, केरा, हार्ड्वेयर, चिया सिडको बीउ,गुणस्तरहिन रासायनिक मल खाद्य , ब्याट्री लगायतका सामाग्री नेपाल भित्रायाउने गरेको छ भन्ने नेपाल बाट अबैध रूपमा […]
दीपक कुमार / रौतहट रौतहट । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. मोहम्मद फिरदोस आलम विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार किरण कुमार साहलाई ११ हजार ८६ मतको फराकिलो अन्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्। जिल्लामा चार वटा निर्वाचन क्षेत्र रहेको रौतहटमा तीन क्षेत्रमा राष्ट्रिय […]
दीपक कुमार / रौतहट रौतहट । चुनावी माहोल तातिँदै जाँदा रोचक दृश्य पनि देखिन थालेका छन्। रौतहटको एक वडाका दुई जना दाजुभाइ फरक–फरक भूमिकामा रहँदा चुनावी सर्वेक्षणमा आमने–सामने देखिएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल का सर्वेक्षक दिवाकर मिश्र र रौतहटका संचारकर्मी दीपक कुमार एउटै वडाका दाजुभाइ भए पनि आ–आफ्नो जिम्मेवारीका कारण चुनावी गतिविधिमा फरक–फरक […]
दीपक कुमार / रौतहट २०८२ फाल्गुन १९, मंगलवार रौतहट । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। जिल्लामा तैनाथ नेपाली सेना को नारायणदल गणले स्थल र आकाश दुवै मार्गबाट निगरानी तीव्र बनाएको हो। निर्वाचन नजिकिँदै जाँदा सुरक्षा सुदृढ पार्न सेनाले […]
दीपक कुमार /रौतहट, सदरमुकाम गौरमा दुई सम्प्रदायबीच उत्पन्न तनाव समाधान गर्न सर्वपक्षीय बैठक सम्पन्न भएको छ। स्थानीय प्रशासनको पहलमा बसेको उक्त बैठकले जिल्लामा शान्ति, सद्भाव र आपसी विश्वास पुनःस्थापित गर्न पाँचबुँदे महत्वपूर्ण निर्णय गरेको छ। बैठकले पछिल्ला दिनहरूमा विकसित घटनाक्रमप्रति गहिरो खेद व्यक्त गर्दै अब कुनै पनि हालतमा हिंसा, उत्तेजना र द्वन्द्वलाई स्थान नदिने सामूहिक […]
दीपक कुमार / रौतहट, सदरमुकाम गौरमा अनिश्चितकालीन कर्फ्यु जारी तराई–मधेशको जिल्लामध्ये लामो समयदेखि “शान्त रौतहट” भनेर चिनिँदै आएको जिल्ला पछिल्ला वर्षहरूमा पटक–पटक साम्प्रदायिक तनाव र झडपका कारण चर्चामा आउन थालेको छ। पछिल्लो घटनापछि सदरमुकाम गौरमा जिल्ला प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार दुई समुदायबीच सामान्य विवादका रूपमा सुरु […]
दीपक कुमार / रौतहट २०८२ फागुन ९ गते | १७:५८ रौतहटको गौरस्थित सवगढामा भड्किएको साम्प्रदायिक झडप प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, दुई समुदायबीच उत्पन्न विवादलाई हिंसात्मक रूप दिन सहयोग गरेको आरोपमा शेख जमशेदलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका जमशेद जनमत पार्टी का जिल्ला संयोजक तथा गौर नगरपालिका–६ का […]
दीपक कुमार /रौतहट ९ फागुन, गौर। रौतहटको सदरमुकाम गौरमा कर्फ्यू आदेश लागू हुँदाहुँदै पनि छिटपुट आगजनीका घटना रोकिएका छैनन्। जिल्ला प्रशासनको निर्देशनमा नेपाली सेना परिचालन गरिएपछि मुख्य सडक क्षेत्रमा सतर्कता बढेको देखिए पनि भित्री बस्तीहरूमा अवस्था अझै तनावपूर्ण रहेको छ। प्रदर्शनका क्रममा हालसम्म ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगजनी भएको पुष्टि भएको छ। […]
दीपक कुमार / रौतहट रौतहट क्षेत्र नं. १ मा अजय गुप्ता अब नाम मात्र होइन, एक ‘ब्रान्ड’का रूपमा स्थापित हुँदै गएका छन्। स्थानीय तहदेखि केन्द्रीय राजनीतिक वृत्तसम्म उनको पहिचान स्पष्ट भइसकेको छ। लामो समयदेखिको राजनीतिक सक्रियता, व्यवहारिक सूझबूझ र जनसरोकारका विषयमा देखिएको निरन्तर उपस्थितिले अजय गुप्तालाई क्षेत्रीय राजनीतिमा फरक स्थान दिलाएको छ। स्थानीय स्तरमा उनको […]
दीपक कुमार /रौतहट पूर्वअध्यक्ष श्रीप्रसाद मुखियाको हृदयघातबाट निधन रौतहट : यमुनामाई गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद मुखियाको हृदयघातका कारण निधन भएको छ। सोमबार राति अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उहाँको मृत्यु भएको हो। राति करिब १२ बजे हृदयघात भएपछि मुखियालाई तत्काल वीरगञ्ज लैजान खोजिएको थियो। तर अस्पताल पुग्न नपाउँदै उहाँले अन्तिम सास […]
रौतहटमा पछिल्लो समय फिरंगी स्वार्थ समूहहरू र तिनका स्थानीय दलालहरू सक्रिय हुँदै गएको देखिन्छ। ठूला–ठूला झूटा आश्वासन बाँड्दै रौतहटका सोझा मतदातालाई भ्रममा राख्ने प्रयास तीव्र बनेको छ। विकास, रोजगारी र समृद्धिको नाममा गरिएका वाचाहरू व्यवहारमा कहिल्यै नउतर्ने तर चुनाव नजिकिँदै जाँदा रौतहटको मतलाई मात्रै लक्ष्य बनाइने पुरानै रणनीति पुनः दोहोरिँदै छ। मधेशको पीडा, संघर्ष र […]
दीपक कुमार / रौतहट रौतहट — राजनीतिक नाराले होइन, पीडाले भरिएको सन्देश लिएर अजय गुप्ता जनतामाझ आएका छन्। उनले क्षेत्रवासीसँग भोट होइन, कर्ज माग्दै आफूलाई उठाउने मौका दिन आग्रह गरेका छन्। “आज म जनताको अगाडि उम्मेदवार होइन, ऋणी बनेर उभिएको छु,” भन्दै उनले भावुक अपिल गरेका छन्। उनका अनुसार वर्षौँदेखि क्षेत्रका जनताले दिएको भरोसाको कर्ज […]
रौतहट क्षेत्रमा युवा नेता फिरदोस आलमको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ। जनसरोकारका मुद्दामा स्पष्ट धारणा, सक्रिय उपस्थिती र सरल व्यवहारका कारण उनीप्रति आमजनताको आकर्षण बढेको देखिन्छ। स्थानीयवासीहरूका अनुसार फिरदोस आलमले लामो समयदेखि बेवास्तामा परेका समस्या उठाउँदै आएको र जनतासँग प्रत्यक्ष संवाद गर्ने शैलीले उनलाई फरक पहिचान दिलाएको छ। यही कारण उनी आज युवादेखि वृद्धसम्म […]
दीपक कुमार / रौतहट रौतहट जिल्लाको चारो क्षेत्रमा जनताको भावना र अपेक्षाअनुसार उम्मेदवार नदेखिँदा स्थानीय मतदाता चिन्तित बनेका छन्। विकास, सुशासन र निष्पक्ष प्रतिनिधित्वको माग गर्दै आएका नागरिकहरू आफूहरूको आवाज उठाउने योग्य उम्मेदवारको अभाव भएको गुनासो गरिरहेका छन्। स्थानीयवासीका अनुसार दलगत स्वार्थभन्दा माथि उठेर जनताको समस्या बुझ्ने र समाधान गर्न सक्ने नेतृत्व आवश्यक भए पनि […]