पूर्वअध्यक्ष श्रीप्रसाद मुखियाको हृदयघातबाट निधन

58 Share

दीपक कुमार /रौतहट

पूर्वअध्यक्ष श्रीप्रसाद मुखियाको हृदयघातबाट निधन

रौतहट : यमुनामाई गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद मुखियाको हृदयघातका कारण निधन भएको छ। सोमबार राति अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उहाँको मृत्यु भएको हो।

राति करिब १२ बजे हृदयघात भएपछि मुखियालाई तत्काल वीरगञ्ज लैजान खोजिएको थियो। तर अस्पताल पुग्न नपाउँदै उहाँले अन्तिम सास लिनुभयो।

जनयुद्धकालमा जिल्लास्तरमा सेक्रेटरीको जिम्मेवारी सम्हालेका मुखिया रौतहटको राजनीतिमा प्रभावशाली, जुझारु र सक्रिय नेताका रूपमा परिचित थिए। उहाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा यमुनामाई गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो।

मुखियाको निधनले स्थानीय राजनीति र यमुनामाई गाउँपालिकामा गहिरो शोक छाएको छ।