68 Share
रौतहटमा पछिल्लो समय फिरंगी स्वार्थ समूहहरू र तिनका स्थानीय दलालहरू सक्रिय हुँदै गएको देखिन्छ। ठूला–ठूला झूटा आश्वासन बाँड्दै रौतहटका सोझा मतदातालाई भ्रममा राख्ने प्रयास तीव्र बनेको छ।
विकास, रोजगारी र समृद्धिको नाममा गरिएका वाचाहरू व्यवहारमा कहिल्यै नउतर्ने तर चुनाव नजिकिँदै जाँदा रौतहटको मतलाई मात्रै लक्ष्य बनाइने पुरानै रणनीति पुनः दोहोरिँदै छ। मधेशको पीडा, संघर्ष र भावनालाई प्रयोग गरेर सत्ता र स्वार्थ पूरा गर्ने प्रवृत्तिले जनतामा आक्रोश बढ्दै गएको छ।
स्थानीय बुद्धिजीवी र सचेत नागरिकहरूका अनुसार अब रौतहटका मतदाताले झूटा नाराभन्दा कर्म, इमानदारी र स्पष्ट दृष्टिकोण भएका नेतृत्वलाई चिन्नु जरुरी छ। अन्यथा, रौतहटको मतमाथि गिद्धे नजर राख्ने शक्तिहरू फेरि सफल हुने खतरा कायमै रहनेछ।