28 Share
दीपक कुमार / रौतहट
रौतहट, ५असार।
रौतहटको राजपुर नगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५० करोड १९ लाख ७८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। बिहीबार सम्पन्न नगरपालिकाको ऐतिहासिक १०औँ नगरसभामा नगर प्रमुख डा. राजिक आलम ले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको नगर प्रमुख डा. आलमले जानकारी दिए। उनले चालु आर्थिक वर्षका कार्यक्रम तथा उपलब्धिहरूको समीक्षा गर्दै आगामी वर्षमा नगरवासीको जीवनस्तर उकास्ने, आधारभूत सेवामा पहुँच विस्तार गर्ने तथा विकास निर्माणका कार्यलाई थप प्रभावकारी बनाइने बताए।
नगर प्रमुख आलमले सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै नगरको समग्र विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गरे। बजेटमार्फत सडक, शिक्षा, स्वास्थ्य, कृषि उत्पादन वृद्धि तथा युवालाई स्वरोजगारमुखी बनाउने कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ।
नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमले राजपुर नगरपालिकालाई समृद्ध, व्यवस्थित र विकासोन्मुख नगरका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले बजेटमा समेटिएका योजनाहरू प्रभावकारी कार्यान्वयन भए नगरको विकासले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन्।