रौतहटको चारो क्षेत्रमा जनभावनाअनुसार उम्मेदवार नहुँदा मतदाता चिन्तित

98 Share

दीपक कुमार / रौतहट

रौतहट जिल्लाको चारो क्षेत्रमा जनताको भावना र अपेक्षाअनुसार उम्मेदवार नदेखिँदा स्थानीय मतदाता चिन्तित बनेका छन्। विकास, सुशासन र निष्पक्ष प्रतिनिधित्वको माग गर्दै आएका नागरिकहरू आफूहरूको आवाज उठाउने योग्य उम्मेदवारको अभाव भएको गुनासो गरिरहेका छन्।

स्थानीयवासीका अनुसार दलगत स्वार्थभन्दा माथि उठेर जनताको समस्या बुझ्ने र समाधान गर्न सक्ने नेतृत्व आवश्यक भए पनि हाल देखिएका उम्मेदवारहरू जनअपेक्षाबाट टाढा देखिएका छन्। यसले गर्दा आगामी निर्वाचनप्रति मतदातामा निराशा र असन्तुष्टि बढ्दै गएको छ।

  1. जनताले अब देखावटी राजनीति होइन, काम गर्ने र उत्तरदायी नेतृत्व चाहिएको स्पष्ट सन्देश दिएका छन्।