67 Share
दीपक कुमार / रौतहट
रौतहट । चुनावी माहोल तातिँदै जाँदा रोचक दृश्य पनि देखिन थालेका छन्। रौतहटको एक वडाका दुई जना दाजुभाइ फरक–फरक भूमिकामा रहँदा चुनावी सर्वेक्षणमा आमने–सामने देखिएका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल का सर्वेक्षक दिवाकर मिश्र र रौतहटका संचारकर्मी दीपक कुमार एउटै वडाका दाजुभाइ भए पनि आ–आफ्नो जिम्मेवारीका कारण चुनावी गतिविधिमा फरक–फरक मोर्चामा सक्रिय देखिएका छन्।
दिवाकर मिश्रले विभिन्न मतदातासँग भेटघाट गर्दै चुनावी प्रवृत्ति र जनमतको सर्वेक्षण गरिरहेका छन् भने संचारकर्मी दीपक कुमार चुनावी गतिविधि, मतदाताको मनोभाव र स्थानीय राजनीतिक सरगर्मीलाई समाचारका रूपमा प्रस्तुत गरिरहेका छन्।
एकै परिवारका दुई व्यक्ति फरक–फरक भूमिकामा रहेर लोकतान्त्रिक प्रक्रियामा सक्रिय देखिनु स्थानीय तहमा चर्चा र चासोको विषय बनेको छ। चुनावी सर्वेक्षण र समाचार संकलनको क्रममा उनीहरू कहिले एकै स्थानमा पुग्दा चुनावी माहोल झन् रोचक बनेको स्थानीयहरू बताउँछन्।
लोकतान्त्रिक प्रक्रियामा फरक भूमिका भए पनि दुवै जनाको सक्रियता रौतहटको चुनावी माहोललाई नजिकबाट बुझ्न र प्रस्तुत गर्न महत्वपूर्ण मानिएको छ।