दीपक कुमार रौतहट | २४ बैशाख २०८३, बिहीबार रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालय रौतहट को सहकार्यमा पासपोर्ट वितरण प्रणालीलाई थप सहज बनाउँदै अब सेवाग्राहीले घरमै पासपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको छ। विगतमा पासपोर्ट लिन जिल्ला प्रशासन कार्यालयमै पुग्नुपर्ने बाध्यता हटाउँदै नयाँ प्रणालीमार्फत सेवाग्राहीले पासपोर्ट कार्यालयबाट बुझ्ने वा हुलाकमार्फत […]
मधेश भूमि संवाददाता काठमाडौं, चैत २२, २०८२ सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा अबदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार कर्मचारीको कार्य–जीवन सन्तुलन सुधार गर्ने उद्देश्यले दुई दिन बिदा दिने व्यवस्था लागू गरिएको हो। यस निर्णयअनुसार […]
दीपक कुमार / रौतहट २०८२ चैत २० गते रौतहटको गौरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा बिचौलियाको चलखेल नियन्त्रण गर्न प्रहरीले कडाइ थालेको छ। सोही क्रममा आज गरिएको निगरानीका क्रममा चार जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारले मालपोतजस्ता संवेदनशील कार्यालयहरूमा बिचौलियाको प्रवेश निषेध गर्ने स्पष्ट निर्देशन जारी गरेपछि प्रहरी टोली कार्यालयमै पुगेको थियो। अनुगमनकै क्रममा […]
रौतहट — चन्द्रपुर नगरपालिका अन्तर्गत चन्द्रनिगाहपुरस्थित मालपोत कार्यालय पुनः विवादमा तानिएको छ। सेवाग्राहीलाई अनावश्यक दुःख दिने, बहाना बनाउँदै काम रोकेर राख्ने र अन्ततः घुस माग्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै गम्भीर गुनासोहरू बाहिर आएका छन्। स्थानीय सेवाग्राहीहरूको आरोप अनुसार, कार्यालयका नायब सुब्बा रामगिर मुखियाले खुलेआम “पैसा दिए काम हुने, नदिए कामै नहुने” शैली अपनाउँदै आएका छन्। […]
दीपक कुमार / रौतहट रौतहट । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. मोहम्मद फिरदोस आलम विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार किरण कुमार साहलाई ११ हजार ८६ मतको फराकिलो अन्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्। जिल्लामा चार वटा निर्वाचन क्षेत्र रहेको रौतहटमा तीन क्षेत्रमा राष्ट्रिय […]
दीपक कुमार /रौतहट, सदरमुकाम गौरमा दुई सम्प्रदायबीच उत्पन्न तनाव समाधान गर्न सर्वपक्षीय बैठक सम्पन्न भएको छ। स्थानीय प्रशासनको पहलमा बसेको उक्त बैठकले जिल्लामा शान्ति, सद्भाव र आपसी विश्वास पुनःस्थापित गर्न पाँचबुँदे महत्वपूर्ण निर्णय गरेको छ। बैठकले पछिल्ला दिनहरूमा विकसित घटनाक्रमप्रति गहिरो खेद व्यक्त गर्दै अब कुनै पनि हालतमा हिंसा, उत्तेजना र द्वन्द्वलाई स्थान नदिने सामूहिक […]
दीपक कुमार / रौतहट, सदरमुकाम गौरमा अनिश्चितकालीन कर्फ्यु जारी तराई–मधेशको जिल्लामध्ये लामो समयदेखि “शान्त रौतहट” भनेर चिनिँदै आएको जिल्ला पछिल्ला वर्षहरूमा पटक–पटक साम्प्रदायिक तनाव र झडपका कारण चर्चामा आउन थालेको छ। पछिल्लो घटनापछि सदरमुकाम गौरमा जिल्ला प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार दुई समुदायबीच सामान्य विवादका रूपमा सुरु […]
दीपक कुमार / रौतहट २०८२ फागुन ९ गते | १७:५८ रौतहटको गौरस्थित सवगढामा भड्किएको साम्प्रदायिक झडप प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, दुई समुदायबीच उत्पन्न विवादलाई हिंसात्मक रूप दिन सहयोग गरेको आरोपमा शेख जमशेदलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका जमशेद जनमत पार्टी का जिल्ला संयोजक तथा गौर नगरपालिका–६ का […]
दीपक कुमार /रौतहट ९ फागुन, गौर। रौतहटको सदरमुकाम गौरमा कर्फ्यू आदेश लागू हुँदाहुँदै पनि छिटपुट आगजनीका घटना रोकिएका छैनन्। जिल्ला प्रशासनको निर्देशनमा नेपाली सेना परिचालन गरिएपछि मुख्य सडक क्षेत्रमा सतर्कता बढेको देखिए पनि भित्री बस्तीहरूमा अवस्था अझै तनावपूर्ण रहेको छ। प्रदर्शनका क्रममा हालसम्म ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगजनी भएको पुष्टि भएको छ। […]
दीपक कुमार / रौतहट रौतहट क्षेत्र नं. १ मा अजय गुप्ता अब नाम मात्र होइन, एक ‘ब्रान्ड’का रूपमा स्थापित हुँदै गएका छन्। स्थानीय तहदेखि केन्द्रीय राजनीतिक वृत्तसम्म उनको पहिचान स्पष्ट भइसकेको छ। लामो समयदेखिको राजनीतिक सक्रियता, व्यवहारिक सूझबूझ र जनसरोकारका विषयमा देखिएको निरन्तर उपस्थितिले अजय गुप्तालाई क्षेत्रीय राजनीतिमा फरक स्थान दिलाएको छ। स्थानीय स्तरमा उनको […]
मधेश भूमि मिडिया सधैं सत्य, तथ्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्दै आएको विश्वसनीय तथा भरपर्दो सञ्चार माध्यम हो। निष्पक्ष पत्रकारिता, जनसरोकारका विषय र जिम्मेवार रिपोर्टिङमार्फत मधेश भूमि मिडियाले पाठक तथा दर्शकको भरोसा जित्दै आएको छ।