सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा, आइतबार पनि सार्वजनिक बिदा

36 Share

मधेश भूमि संवाददाता

काठमाडौं, चैत २२, २०८२

सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा अबदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार कर्मचारीको कार्य–जीवन सन्तुलन सुधार गर्ने उद्देश्यले दुई दिन बिदा दिने व्यवस्था लागू गरिएको हो।

यस निर्णयअनुसार शैक्षिक संस्थासहित सरकारी कार्यालयहरू अब सातामा दुई दिन बन्द रहनेछन्। तर, शैक्षिक संस्थाबाहेक अन्य सरकारी कार्यालयहरूको कार्य समय भने बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।

सरकारको यो निर्णयले कर्मचारी तथा विद्यार्थीहरूलाई अतिरिक्त विश्राम समय प्रदान गर्नुका साथै कार्यक्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।