118 Share
रौतहट क्षेत्रमा युवा नेता फिरदोस आलमको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ। जनसरोकारका मुद्दामा स्पष्ट धारणा, सक्रिय उपस्थिती र सरल व्यवहारका कारण उनीप्रति आमजनताको आकर्षण बढेको देखिन्छ।
स्थानीयवासीहरूका अनुसार फिरदोस आलमले लामो समयदेखि बेवास्तामा परेका समस्या उठाउँदै आएको र जनतासँग प्रत्यक्ष संवाद गर्ने शैलीले उनलाई फरक पहिचान दिलाएको छ। यही कारण उनी आज युवादेखि वृद्धसम्म भरोसायोग्य नेताका रूपमा स्थापित हुँदै गएका छन्।
राजनीतिक वृत्तमा पनि उनको बढ्दो जनसमर्थनलाई चासोका साथ हेरिन थालिएको छ।