रौतहट, २८ माघ । रौतहट जिल्ला अदालतले राजपुर बम कान्डका प्रतिवादी मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश आएको छ।
जिल्ला अदालत रौतहटका १ नम्बर ईजलाशमा आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो।
आलमविरुद्धको मुद्दामा आज प्रतिवादीको तर्फबाट अधिवक्ता लालबाबु राय, महम्द साबिर हुसेन, मजरुल हक, अफताब आलमले बहस गरेका थिए।
त्यस्तै वादिको तर्फबाट भने अधिवक्ता पुष्प पौडेल र जिल्ला न्यायधिवक्ता बद्री कुमार कार्किले बहस गरेका थिए।