30, फागुन, रौतहट । नेपाल नगरपालिका संघले ५ विधामा उत्कृष्ट काम गर्ने सात वटा पालिकाहरुलाई सम्मान गरेको छ ।
संघको ३१औं स्थापना दिवसको अवसरमा विभिन्न विधाहरुमा उपमहानगरपालिका, नगरपालिकाहरुलाई सम्मान गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, रौतहटको गौर नगरपालिका, चितवनको रत्ननगर नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र रुकुमको चौरजहारी नगरपालिकालाई सम्मान गरेको हो ।

संघले गरेको मूल्यांकनमा गौर नगरपालिकाले सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको छ ।
स्थानीय आर्थिक विकासमा फड्को मारेकोमा बुटवल उपमहानगर सम्मानित भएको छ ।