रौतहट / दीपक कुमार

महासंघका वरिष्ठ उपाध्यक्ष विष्ट भन्छन्, ‘पत्रकारले आफ्नो सीमा र मर्यादाको ख्याल गर्नुपर्छ ।’

उनको भनाइसँग सहमत छन् प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत । उनी पनि पछिल्लोसमयमा केही मर्यादा उल्लंघनका घटना बढेको जानकारी आएको र त्यसको निराकरणका लागि काउन्सिल लागि परेको बताए । ‘पत्रकार कुनै टापुबाट आएका छुट्टै प्राणी हैन, सामाजिक नियम अन्यले जस्तै पालना गर्नुपर्छ,’ उनले भने, ‘यस्ता नियम उलंघन गर्नेलाई सचेत गराउनेदेखि कारबाही गर्नसमेत काउन्सिल तयार रहेको छ ।’

विगतका कतिपय घटनामा समेत पत्रकारलाई सचेत गराइसकेको उदाहरण दिँदै उनले पत्रकारका आचारसंहिताबारेमा सचेतनामूलक कार्यक्रमसमेत चलाइएको बताए । ‘विमान र बारको कार्यालयमै पुगेर प्रश्न सोध्ने पत्रकारलाई पनि त्यतिबेला सचेतना कक्षा दिलाइएको थियो,’ उनले भने, ‘आवश्यक परे अरूलाई पनि दिलाउने छांै ।’